भर्खरै

सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य स्थिर


 May 15, 2019     सेतो खबर

काठमाडौं, जेठ १ । आज साताको चौँथो दिन बजारमा छापावाल सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य चार सय रुपैयाँले घटेर बुधबार प्रति तोला ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सुन प्रति १० ग्रामको मूल्य ५१ हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यसैक्रममा, आज चाँदीको मूल्य भने स्थीर रहेको छ ।

चाँदी प्रति तोला सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तथ्याङ्क सहित हेर्नुहोस्:

जेठ १ गते
शहर सुन तोलाको सुन १० ग्रामको चाँदी तोलाको
1.पोखरा ६११००/- ५२३८५/- ७५५/-
2.त्रिशुली ६११००/- ५२३८५/- ७५५/-
3.पाल्पा ६११००/- ५२३८५/- ७५५/-
4.बुटवल ६११००/- ५२३८५/- ७५५/-
5.नारायणगढ ६११००/- ५२७२५/- ७५५/-
6.नवलपरासी ६११००/- ५२७२५/- ७५५/-
7.विराटनगर ६११००/- ५२७२५/- ७५५/-
8.दमक ६११००/- ५२७२५/- ७५५/-
9.स्याङ्गजा ६११००/- ५२७२५/- ७६०/-
10.धरान ६११००- ५२७२५/- ७५५/-
11.काठमाडौं ६०६००/- ५१९५५/- ७२५/-
12.कुश्मा ६१३००/- ५२५५५/- ७४५/-
13.महोत्तरी ६१३००/- ५२५५५/- ७४५/-
14.वीरगञ्ज ६१३००/- ५२५५५/- ७४५/-
15.बारा ६१३००/- ५२५५५/- ७४५/-
16.जनकपुर ६१३००/- ५२५५५/- ७४५/-
17.सर्लाही ६१३००/- ५२५५५/- ७४५/-
18.बागलुङ्ग ६१६००/- ५२८१५/- ७६५/-
19.कोहलपुर ६१६००/- ५२८१५/- ७३५/-
20.नेपालगञ्ज ६१६००/- ५२८१५/- ७३५/-
21.हेटौँडा ६१६००/- ५२८१५/- ७३५/-
22. कञ्चनपुर ६१८००/- ५२९८५/- ८२५/-

एक तोला = ११.६६४ ग्राम
१० ग्राम = ०.८५७३ तोला (८५.७३ लाल)

LIC
LIC
LIC



Ime Inside