सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ३० । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ ।
कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु. ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।
बैंकिङ ०.८२, होटल २०.६४, विकास बैंक ११.९४, जलविद्युत् ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढेको छ । यस्तै व्यापार ५.४९, वित्त ०.४३, निर्जीवन बीमा २५.६५, लघुवित्त १.४६ र जीवन बीमा १३.०६ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु. ४९७ मूल्यमा रु. ११ करोड ४६ लाख एक हजार ६४५ बराबरको कारोवार भयो ।
यस्तै प्राइम बैंकको प्रतिकित्ता रु. ३७२ मा रु. छ करोड २४ लाख ३० हजार ८७०, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु. तीन करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड रु.तीन करोड ७५ लाख ८१७, सिभिल बैंक रु. दुई करोड ९२ लाख ७९ हजार ४९७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि रु. ४५ ले वृद्धि भई प्रतिकित्ता रु. ४९७ मा पुगेको छ । सो कम्पनीको शेयरधनीले ९.९६ प्रतिशत कमाए । यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९.५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७.७९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७.३२, भागर्व विकास बैंकका शेयरधनीले ६.९८ प्रतिशतले कमाए ।
त्यस्तै हिमालयन डिस्टिलरीका शेयरधनीले ६.०७ प्रतिशतले गुमाए । युनाइटेड मोदी हाइड्रोपावर ५.६९, जोशी हाइड्रोपावर ४.७६, विशाल बजार कम्पनी ३.८८, सगरमाथा इन्स्योरेन्स ३.६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३.१२ प्रतिशतले गुमाए । -रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा