सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३० । सिंहदरबारभित्र ५६ रोपनी क्षेत्रफलमा बनाइने संसद भवनको डिजाइन अन्तिम चरणमा पुगेको छ। करिब दश अर्बको लगानीमा निर्माण गरिने भवनको डिजाइनलाई जेठको दोस्रो हप्ता अन्तिम रूप दिएर ‘ग्लोबल टेण्डर’ प्रक्रियामा लैजाने तयारी शहरी विकास मन्त्रालयको छ।
नेपाल सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६५ सालदेखि संसद बैठकका लागि भाडामा प्रयोग गर्दैआएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई मासिक १५ करोड रुपियाँ भाडा तिर्दा अर्बौ रुपियाँ भाडामै खर्च भइसकेको छ।
शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार, सिंहदरबारमा निर्माण गरिने संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको छ। शहरी मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर संसद परिसर निर्माण प्रक्रियालाई अगाडि बढाएको जानकारी दिँदै प्रवक्ता दवाडीले भने, ‘जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेण्डर’ प्रक्रियामा लगिनेछ। यसका लागि ग्लोबल ‘टेण्डर’ आह्वान गरिने छ।’
उनका अनुसार, २०७८ सालको असारसम्म संसद परिसर निर्माण गरिसक्ने लक्ष्य छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा छ महिनाको समयावधि थप गरिने छ। अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने दाबी छ।
दवाडीले भने , ‘प्रस्तावित संसद परिषद्को नक्सा तथा डिजाइनबारे विज्ञसहित छलफलमा छौँ। तयार पारिएको नक्सा र डिजाइनमा केही संशोधन गर्नुपर्ने अवस्था आएकाले नक्सा र डिजाइनलाई अन्तिम रूप दिने कार्य भइरहेको छ।” उहाँले सिंहदरबारको उत्तर–पूर्वमा रहेको पुतली बगैँचामा संसद परिसर निर्माण गरिने जानकारी दिए। भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो आयोजनाको रुपमा संसद परिसर निर्माण हुँदैछ।
यसको कूल निर्माण लागत करिब दश अर्ब रुपियाँ हुने जनाइएको छ। प्रवक्ता दवाडीका अनुसार, प्रस्तावित संसद परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक दलका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र तिनका हल, करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुटाछुट्टै निर्माण गरिने छ। परिसर भवनमा तीनतले स्मार्ट पार्किङस्थल समेत निर्माण गरिने छ।
उनका अनुसार, परिसरमा राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुइटै संसदका सदस्य र विशिष्ट पाहुनाहरु समेत अटाउने एक हजार क्षमताको विशाल सभाहल समेत निर्माण गरिने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा