सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमृता भण्डारी /काठमाडौँ, बैशाख ५ । सामना म्यूजिक क्रियसन प्रा.ली. को आयोजनामा ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६’ को आवेदन फारम धमाधम वितरण भइरहेको छ । अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए ।
नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने सामना म्युजिक क्रियसन कि अध्यक्ष सामना शाहले बताउनुभयो ।
गायक गायिकाको हक मा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने भएका छन । फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १५ गते सम्म भर्न सक्ने ब्यावस्था मिलाइएको छ । आबेदन फारम अनामनगर स्थित सामना म्यूजिक क्रियसन प्रा लि को कार्यालयमा बाट प्राप्त गर्न सकिने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा