सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सन्तुलित शाकाहारी भोजन मांसाहारी भोजनभन्दा उत्तम मानिन्छ । आजकल धेरै मानिसहरू स्वास्थ्यका लागि मांसाहार छोडिरहेका छन् । शाकाहारीको संख्या बढिरहेको छ । हुन त मासुको नाम सुन्नेबित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानिहरू बताउँछौं ।
मासु खाने धेरैजसो मानिसहरू जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ । मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन् । यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ । शाकाहारी स्वस्थ, दीर्घायु, निरोगी र तन्दुरस्त हुन्छ ।
संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । मासुका लागि हुर्काइने जनावरले अत्यधिक पानी र प्राकृतिक स्रोत उपयोग गरिदिन्छन् । मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ । मासु महंगो पनि छ । यसमा पैसा खर्च गर्नुको साटो अरू कुनै असल काममा लगाउनुस् ।
मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।
मासु पचाउन धेरै समय लाग्छ । मान्छेको आन्द्रा हिंस्रक जनावरको जस्तो ठूलो हुँदैन त्यसैले मासु पचाउन मुश्किल पर्छ ।
हिन्दू धर्मशास्त्रले पनि मासु नखानू भन्छ । गीताका अनुसार, मांसाहार राक्षसी गुण भएका मानिसले खान्छन् । मासु र रक्सी तामसिक भोजन हुन् । यस्ता मानिस पानी, कुकर्मी, दुःखी, अल्छी र रोगी हुन्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा