सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २१। नेपाल प्रहरीमा प्रहरी निरीक्षकको अन्तिम नतिजा प्रकाशन गरीएको छ । २०७५ असोज १६ गते प्रकाशित विज्ञापन अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा लिइएको अन्र्तवार्तामा १२१ जना उतिर्ण भएका हुन्।
त्यस्तै उतिर्ण मध्ये खुल्ला समुहतर्फ ९ जना, समावेशी समुहको आदिवासी जनजाती तर्फ २ जना र समावेशी समुहको पिछडिएको क्षेत्र तर्फ २ जना गरी १३ जनालाई बैकल्पिकमा राखिएको छ ।
स्वाथ्य परिक्षामा मा उतिर्ण १३८ जना मध्ये खुल्ला तथा समावेशी समुह तर्फबाट गरी जम्मा १२१ जनाले नाम निकाल्न सफल भएको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशांसन शाखाले जनाएको छ ।
नाम निकालेका उम्मेदवारले अगामी वैशाख ५ गते सम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सुचनामा जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा