सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ९। गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो ” सानी”ले दर्शक सोर्ताको मन जितेको छ। भिडियो रिलिजको छोटो समय अवधिमा यस गीतको भिडियोलाई हालसम्म १० लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन। गायक सुदन गैरे र भिडियो निर्देशक सुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै सम्पुर्ण दर्शक सोर्ता र टिमलाई धन्यवाद दिएका छन।
गायक गैरेको कमब्याक गीतको रूपमा धेरै सोर्ता माझ चिनाउन सफल यस गीतमा उनको आफ्नै एकल स्वर र संगीत रहेको छ । गीतमा शब्द प्रतिमा शर्माको रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ। उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन।
चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा