सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आतंकवादी संगठन जैश–ए–मोहम्मदद्धारा जम्मु–कश्मीर को पुलवामा जिल्लाको सीआरपीएफका काफिलेमा भएको आक्रमणले भारतीय आक्रोशित बनेका छन् । देशको आम नागरीक देखी लिएर विशेष नागरीकसम्म हरेक आफनो–आफनो तरिकाले पाकिस्तानलाई यो आक्रमणको जवाफ दिन चाहिरहेका छन् । यता, …… र ….. ले कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने बताएका छन् ।
मिडियामा आएको पछिल्लो खबर अनुसार, सलमान खानले पनि आफनो फिल्मबाट पाकिस्तानी गायक आतिफ असलमलाई निकालेका छन् । आतिफ असलम अगिल्लो महिना सलमान खानको प्रोडक्शन सलमान खान फिल्म्स् को ब्यानरमा बनेको फिल्म नोटबुक मा गित गाउन गईरहेका थिए तर सलमान खानले आतिफलाई त्यो गाना गाउन नलगाउने भएका छन् ।
खबर अनुसार, आतिफ असलमको ठाउँमा अब सलमान खानले नोटबुक मा अरमान मलिकलाई गित गाउने मौका दिने भएका छन् । जम्मु–कश्मीर आक्रमण पछि सलमान खान भन्दा पहिला अन्य बलिउड हस्तिहरुले पनि पाकिस्तानी कलाकारलाई बहिस्कार गरेका छन् । अभिनेत्री शबाना आजमी र जावेद अख्तरले जहाँ पाकिस्तानमा आफनो साहित्य कार्यक्रमलाई समेत रद्ध गर्े । यता, अजय देवगनले पनि आफनो आउन लागेको फिल्म टोटल धमाल लाई पाकिस्तानमा रिलिज नगर्ने निर्णय गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा