सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, माघ ४ । थारु समुदायले नयाँ बर्षको रुपमा धुमधामका साथ मनाउने माघी पर्व एवं हिन्दुहरुको बिशेष चाड मकर संक्रान्तीको अवसरमा वाणी मन्दिरमा एकदिने मेला धुमधामका साथ सकिएको छ । माघिको बेला हजारौं श्रद्वालु भक्तजन र अन्य थुप्रै मानिसहरु आउने मन्दिरको आफ्नै छुट्टै महत्व बोकेको उक्त मन्दिरमा आउनेहरुको बुझाई छ ।
थारु समुदायका मानिसहरु अथवा श्रद्धालुहरु बढी आउने उक्त मन्दिरको कति सालमा स्थापना भएको ठ्याक्कै थाहा नभएको स्थानीयहरु बताउछन । केही बर्ष अघि उक्त मन्दिर परिसरमा शिव भगवानको अवतार प्रकट भएपछि मन्दिरको महत्व झनै बढ्दै गएको श्रद्धालुहरुको भनाई छ । धेरै बर्ष पहिले उक्त मन्दिरको नजिकै एक ठूलो रुख रहेको र त्यस भित्रै रहेको शिव लिङ्ग सधै पुजा गर्न आउने स्थानीयहरुले देख्दा त्यसैलाई संरक्षण गरेर वाणीबाबा शिव मन्दिरका रुपमा स्थापित गरिएको भक्तजनहरुको धारणा छ ।
स्थानीय देशराज चौधरीले परापुर्वक काल देखि यहाँ भब्य मेला लाग्ने गरेको आफुले सुन्दै आएको बताउदै आफू जन्मेदेखी नै संक्रान्ती मेला लागेको देख्दै आएको बताए । उनले भने,”पहिले यहि ठाउँमा तीन महिने मेला लाग्थ्यो जो बैशाख, जेठ, असार सम्म चल्थ्यो तर २०४६ सालको आन्दोलन पछि त्यो मेला लाग्न बन्द भयो र माघ १ अथवा संक्रान्तिको दिन मात्र मेला लाग्न थाल्यो ।”
मेलाको दिनमा हजारौं मानिसहरु यहाँ पुग्ने गर्दछन । पौष महिनाको अन्तिम दिन नै मानिसहरुको भिडभाड सुरु हुन्छ र बिहान नहुदै मन्दिरमा पुजाआजाको लागि लामबद्ध भैहाल्छ्न । यो मन्दिरमा संक्रान्तीको दिन शुद्ध मनले जे माग्यो त्यो पूरा जुने बिश्वास समेत रहेको स्थानीय शिवलाल दास बताउछन । परापुर्वककाल देखिको मान्यता र बिश्वासका आधारमा यस मन्दिरमा हजारौं मानिसहरु आउने गरेको बताउदै उनले प्रचारप्रसारको अभावमा धेरै टाढा सम्म यसको महत्त्व नफैलिएता पनि तिकुनिया, गोरखपुर सम्मका मानिसहरु यो दर्शनका लागि आउने गरेको बताए ।
यो मन्दिरको संरक्षण र बिकासका लागि स्थानीय तहले नै ध्यान नदिएको स्थानीयहरुको गुनासो रहेको छ । “सरकार त टाढाको कुरा जोशिपुर गाउंपालिकाले नै यो मन्दिरको संरक्षण र विकासको लागि ध्यान दिएको छैन ।” देशराज चौधरीले भने, “नजिकै रहेको पथरैया नदिमा हरेक बर्ष तटबन्धका लागि बजेट सकिन्छ त्यसकारण पनि मन्दिरले बजेट पाएको छैन ।” मन्दिरको नाममा १५ कट्ठा जग्गा स्थानीय बासिले छुट्टाएका छन तर त्यो मन्दिरको नाममै पास भएको छैन ।
मन्दिरको विकासका लागि स्थानीयहरुले मिलेर बनाएको समितिले नै मन्दिरको हेरचाह र संरक्षण, सरसफाइ गर्दै आएका छन । उक्त समिती आफैले अलिकति सानो पर्खाल समेत बनाएर मन्दिर ब्यवस्थित बनाएका छन । स्थानीय तह संगै प्रदेश सरकारको पनि यतातिर ध्यान गैदिए कैलाली कै महत्त्वपूर्ण धार्मिक स्थल बन्नेमा स्थानीय बासी बिश्वस्त छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा