सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी संसदको उच्च सदन सिनेटमा चीनलाई लिएर एक महत्वप्ुर्ण विधेयक पारित गरिएको छ । यसमा चिनका ती अधिकारीहरुको भीजामाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरीएको छ जसले अमेरीकी नागरीक, अधिकारी र पत्रकारलाई तिब्बत जाने अनुमति दिएका थिएनन ।
अमेरीकी संसदको तल्लो सदन प्रतिनिधि सभाबाट द रेसिप्रोकल एक्सेस टु तिब्बत एक्ट विधेयक गएको सेप्टेम्बरमा नै पास भएको थियो । यो विधेयकमा अमेरीकी नागरीक, पत्रकार र अधिकारीहरुलाई तिब्बतमा निर्बाध आवातजावतको माग गरीएको छ । यो विधेयकलाई अब ह्वाइटहाउस पठाइनेछ । राष्ट्रपति डोनाल्ड ट्रपको हस्ताक्षर पश्चात यो कानुन बन्नेछ ।
यो विधेयक ल्याउने सिनेटर म्याक्रो रुबिओले मंगलबार ट्विट गर्दे भनेका छन् विधेयक माथि अब केबल राष्ट्रपतिको हस्ताक्षरको आवश्यक छ । चीनीया नागरीकलाई अमेरीकामा कुनै पनि ठाउँमा आवतजावतमा पुरै छुट छ । यदि चिन चाहन्छ भने उसको पर्यटक, अधिकारीहरु, पत्रकार र आम नागरीकलाई अमेरीकामा यो सुविधा मिलिरहेको छ भने उसले पनि अमेरीकी नागरीकलाई तिब्बतसहित चिनमा यस्तै छुट दिनुपर्ने माग अमेरीकी संसदको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा