सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तीन राज्यमा जीत हासिल गरेपश्चात कांग्रेस अध्यक्ष राहुल गांधिले प्रधानमन्त्रि नरेन्द्र मोदी र भाजपालाई उपदेश दिदै उनको कामलाई अगाडि बढाउने बताएका छन् । मंगलबार मिडियाहरुसँग कुरा गदै राहुलले भने कि नरेन्द्र मोदीले मलाई सिकाएका छन् कि राजनितिमा के गर्नु हुदैन । विपक्षीका नेता हुनुको नाता मलाई अफसोच छ कि मोदी जीले देशको धडकनलाई सुनेनन् , उनीमा घमण्ड छ र देशको जनता सबैभन्दा राम्रो शिक्षक हुन् । मोदी यो कुरा बुझ्नलाई चुके अहिलेको देशको सबैभन्दा ठुलो मुद्धा भनेको रोजगार र किसान हो ।
राहुलले भाजपाको कांग्रेस मुक्त नारालाई जवाफ दिद ैभने कि हाम्रो सोच भाजपाको विचारधाराभन्दा अलग छ उ विरुद्ध लड्नेछौ । जुन तरिकाले आज तिन राज्यमा हराएका छौ २०१९ मा पनि हराउनेछौ । तर हामी भारतलाई कसैबाट पनि मुक्त गर्न चाहदैनौ भने कसैलाई पनि मेटाउन चाहदैनौ ।
राहुलले तिनै राज्यमा आफनो सरकार बनेसँग कर्जा मिनाह गर्ने बताएका छन् । राहुलले मध्यप्रदेश, राजस्थान र छत्तिसगढ का भाजपा मुख्य मन्त्रिहरुको कामलाई पनि सराहना गरे । उनले भने कि हामीले उनीहरुलाई हराएका छौ तर उनले राज्यको लागी जुन काम गरेका छन् उसको लागी धन्यवाद दिन चाहन्छु । हामी काममा केही बदलाव गरी उनले शुरु गरेका कामलाई अगाडि बढाउने कोशिश गर्नेछौ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा