सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, मंसिर २६ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताएका छन् । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए ।
‘राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन’ उनले भने, ‘मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौँ ।’ उनले सरकार कमजोर हुँदा सङ्गठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गरे ।
उनले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बताए । विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उनले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमीन दिने कार्यक्रम ल्याएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा