सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रख्यात कमेडियन, एक्टर तथा निर्माता कपिल शर्मा आफनो प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाधिने भएका छन् । १२ डिसेम्बरमा पंजाबको जालंघरमा दुबैले सात फेरो लिनेछन् । दुई दिनपछि १४ डिसेम्बरमा एउटा ग्राण्ड रिसेप्शन पार्टीको आयोजना गरिनेछ जसमा फिल्म जगत र टिभि इंडस्ट्रीसँग जोडिएका कपिल शर्माका साथीहरु समावेश हुनेछन् ।
इंडियन एक्सप्रेससँगको कुराकानीमा कपिल शर्माले भने कि विवाह समारोह गिन्नी चतरथको गृहजिल्ला जालंधरमा हुनेछ । उनले अगाडि भने “हामी विवाह साधारण तरिकाले गर्न चाहन्थ्यौ, तर गिन्नी आफनो परिवारको एकमात्र छोरी हुन् त्यसैले उनको परिवारले विवाह धुमधामसँग गर्न चाहन्छन् । म उनीहरुको भावनालाई बुझ्छु साथै मेरी आमा पनि मेरो विवाह भब्य तरिकाले गर्न चाहन्छिन् “।
यही मौकामा कपिल शर्माले याद गरे कि कसरी आफनो दाईको विवाह सिमित संसाधनको विच भएको थियो भनेर । उनले भने “दाईको विवाहको दौरान मैले कमाउन शुरु गरेको थिइन । हामीहरुले केबल थोरै जन्ति लिएर गयौ र भाउजुलाई लिएर आयौ” ।
यद्यपी, कपिल शर्माले आफनो बहिनीको विवाह धुमधामसँग गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा