सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गाईघाट, भदौँ २४ । पूर्व मन्त्री तथा सांसद डा.नारायण खड्काले अहिलेनै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताएका छन् । पार्टीको कामका लागि उदयपुर आइपुगेका उनले उनले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । डा.खड्काले भने, ‘अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्षपछि भने सबै कुराको मूल्याङ्कन गरेर अहिलेको जस्तै ढङ्गले अघि बढेमा भने नेपाली काँग्रेस सरकारविरुद्ध उत्रने छ ।’
वर्तमान ओली नेतृत्वको सरकार बहुमतको सरकार भएका कारण प्रमुख प्रतिपक्षले पनि पूरै अवधिसम्म सरकार चलोस् भन्ने चाहेको तर सरकारले जनता सामु बोलेका कुरा पूरा गर्न भने नसकेको आरोप डा.खड्काले लगाए । सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डा नाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकामा भने नेता खडकाले प्रशंसा गरे ।
नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठीक रहेको र बिम्स्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उनको धारणा थियो । अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ नेपाली काङ्ग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने कुरा डा.खड्काले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा