सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, भाद्र ४ । ठुलो दल नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठुलो पार्टीका हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो ।
नेत, कार्याकर्ता र शुभेचछुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै धेरै नेता दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् ।
उनीहरु खाजा खान होस् वा भेटघाट गर्न, कांग्रेस क्यान्टिन् पुग्छन् । साउन ३० गते बुधबार दिउँसो १ बजे । उक्त क्यान्टिन पुग्दा नेकपाका नेता यमलाल कंडेल खाजा खाँदै पत्रकारसँग गफिरहेका थिए । केहि समय बसेर उनीहरु आफ्नो कार्यालयतिर लागे ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा