सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन १७ । नेपाल बङ्गलादेश बैंक र भिवान्त डेन्टल अस्पताल विच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख संचालन अधिकृत सुरेश देवकोटा र अस्पतालकी डा.बन्दना थापा शाहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका डेबिट/क्रेडिट कार्डवाहकले भिवान्त डेन्टल अस्पताल मा उपचार गराउँदा १० प्रतिशत सम्म छुट पाउँने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकका प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा