सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अपदस्थ पाकिस्तानी प्रधानमन्त्रि नवाज शरीफ र उनकी छोरी मरियम शुक्रबार लण्डनबाट अबुधावी हुदै पाकिस्तान फर्केका छन् । एयरपोर्टमा झरे लगत्तै नेशनल अकाउनटेबिलिटि ब्युरो (एनएबी) को टिमले दुबैलाई पक्राउ गरेको छ । उनी स्वदेश फर्के लगत्तै त्यहाँको हिस्सा भड्किएको छ । एयरपोर्टसँगै उनका समर्थकहरु उग्र हुदै ढुङगा मुढा गर्न थालेका छन् ।
लाहोर एयरपोर्टमा नवाज आउनुभन्दा पहिला नै पीएमएल (एन) को समर्थकहरुले नाराबाजी शुरु गरेका थिए । यही कुरालाई ध्यानमा राखेर उक्त एयरपोर्टमा १० हजार भन्दा बढिको सुरक्षा ब्यवस्था गरीएको थियो । एयरपोर्टमा नवाजको फ्लाइट आउनुभन्दा पहिला नै उनको आमा बेगम शमीम अख्तर र शहबाज शरीफको छोरा सलमान लाई एयरपोर्ट भित्र छिर्न अनुमति दिइएको थियो । पछिल्लो खबर अनुसार नवाज र मरियमलाई पक्राउ गरी रावलपिंडी को अदियाला जेलमा लाने जनाइएको छ ।
ताजा रिपोर्ट अनुसार उनको भाई शाहबाज शरीफ ठुलो संख्याको र्याली लिएर एयरपोर्टतिर गइरहेको समयमा प्रहरीले उक्त र्यालीलाई रोकेको बताइएको छ । खबर अनुसार एयरपोर्टमा उत्रने बित्तिकै प्रहरीले नवाज र मरियमको पासपोर्ट पनि जफत गरेको छ ।
पाकिस्तान मिडियाका अनुसार यो हाईप्रोफाइल पक्राउ लाई मध्यनजर गर्दे लाहोर पुलिस प्रशासनले उक्त इलाकाको फोन र इन्टरनेट बन्दा गरेको छ भने रेन्जरको टिम एयरपोर्ट नजिकै सुरक्षा दिएर बसेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा