काठमाडौँ, बैशाख २१ । साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।
दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रु ३० लाख नौ हजार ४७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिवारका सदस्यलाई हस्तान्तरण गरे ।
यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा उनले दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् । एबिसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको सो रकम प्रधानमन्त्री ओलीले राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन र गरीबी हटाउन आफ्नो नेतृत्वको सरकार कटिबद्ध रहेको बताए । देशकै स्रोत साधन प्रयोग गरेर उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गर्दै देशको ढुुकुटी बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि रु ९५ लाख नेपाली चाहिने र अहिलेसम्म रु ७१ लाख संकलन भइसकेको जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा