सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, वैशाख १७ । एमाले–माओवादी एकताबारे अनेक आशंका व्यक्त भइरहेका बेला पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या नआएको बताएका छन् ।
सोमबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेम्वाङले भने ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । छिट्टै दुई पार्टी एकता हुन्छ ।’ नेम्वाङले भने ‘एकता नभए जनतालाई दिने उत्तर हामीसँग छैन,’ नेम्वाङले भने, ‘त्यसैले एकता नहुने प्रश्नै छैन ।’
नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे । नेपालको संविधान छोटो समयमा सर्वस्वीकार्य भएको जिकिर गर्दै उनले समृद्धिको यात्रामा वाम सरकार अघि बढेको दाबी गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा