सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी । बैतडीमा सुतिरहेकी एक वृद्धालाई चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएकी छन् । ७ नम्बर प्रदेश प्रहरी मुख्यालय दीपायलले दिएको जानकारी अनुसार मेलौली नगरपालिका–८, कोटीगाउँकी ६७ वर्षीय डीगरीदेवी बिष्टलाई चितुवाले आक्रमण गरेको थियो । गएराति १ बजे घरभित्रै सुतिरहेको अवस्थामा उहाँलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । चितुवाले अहिलेसम्म त्यस क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ ।
प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाए पनि उनीहरुले चितुवालाई फेला पार्न सकेका छैनन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा