सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, बैशाख ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।
उनले भने “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।”
सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उहाँले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”
पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए । रासस
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा