सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २८ । अल्जेरियाको राजधानि अल्जीयर्सको वाहिरी इलाकामा बुधबार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । समाचार एजेन्सि रायटर्सको अनुसार अहिलेसम्म मुत्यु हुनेको संख्या २५७ पुगेको पुष्टि भएको छ ।
विमान उत्तरी अल्जेरियाको खेतीयोग्य जमीनमा टेकअफ गर्ने वित्तिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । अधिकारीहरुको जानकारी अनुसार दुर्घटनाको कारण अझसम्म पनि स्पष्ट हुन सकेको छैन भने रक्षा मन्त्रालयले भने विमान दुर्घटनाको विषयमा जाँचबुझ शुरु भएको जनाएको छ ।
नागरीक सुरक्षा एजेन्सिका मुख्य प्रवक्ता मोहम्मद आचुरले यो विषयमा एशोसियटेड प्रेसलाई उक्त जानकारी दिएका हुन । उनका अनुसार विमान सैनिकहरुलाई लिएर गईरहेको अवस्थामा दर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी दिएका छन् ।
घट्नास्थलमा १४ बढि एम्बुलेन्सले सेवा दिइरहेको बताइएको छ भने एयरपोर्टसँग जोडिएको सबै बाटोहरु बन्द गरीएको छ र रेस्क्यु अपरेशन जारी छ । घाइतेहरुलाई नजिकैको अस्पताल पुराउने काम भईरहेको छ ।
दुर्घटनाको पुर्ण विवरण आउन बाँकी
हेनुहोस भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा