• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / पत्रपत्रिका

    ओलीले मोदीलाई सोधेका थिए, अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २६, सोमबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, चैत्र २६ । प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन्।

    प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च प्राथमिकतासाथ कभरेज गरेका भारतीय अखबारहरूले चीनलाई भारत सरकारको कूटनीतिक जवाफबारे उल्लेख गरेका छन्।

    ‘गत वर्ष नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेइजिङ भ्रमणका बेला तिब्बत हुँदै सीमासम्म रेल सञ्जाल विस्तार गर्न आवश्यक प्राविधिक काम थाल्न नेपाल र चीनबीच भएको सहमतिको जवाफमा भारतका तर्फबाट पछिल्लो सहयोगको घोषणा भएको हो,’ भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ।

    नेपालको राजनीतिक परिवर्तन, निर्वाचन सफलतालगायत उपलब्धिप्रति खुसी व्यक्त गर्दै मोदीले नेपाली समकक्षी ओलीबाट मुलुकको राजनीतिक तथा आर्थिक विकासका क्रममा समाजका सबै तप्कालाई साथमा लिने आशा व्यक्त गरेको विदेश मन्त्रालयका सचिव विजय गोखलेलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ। भेटघाटका क्रममा मोदीले ‘सामाजिक न्याय’ र ‘सामाजिक एकता’ मा समेत जोड दिएको समाचारमा उल्लेख छ।

    भारतीय सञ्चारकर्मीले नेपाली अधिकारीलाई भेटदा पनि यी विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले नेपालमा चीनको रेल कहिले आउला भनेर सोधेका थिए। मिडियाले नेपाल–भारत सम्बन्धमा चीनलाई जोड्ने काम गरे पनि दुईपक्षीय छलफलमा भने चीनसम्बन्धी कुनै पनि विषयले प्रवेश नपाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

    ‘दुवै मुलुकसँग मात्र नभएर अन्य मुलुकसँग पनि नेपालको आफ्नो प्रकारको सम्बन्ध छ, यसलाई जोड्न मिल्दैन,’ ज्ञवालीले भने। प्रधानमन्त्री ओलीले दुई वर्षअघिको आर्थिक नाकाबन्दीलाई लक्षित गर्दै आजको आधुनिक युगमा वस्तु तथा मानिसको आवागमन अवरुद्ध हुने–नहुने जिज्ञासा राखेको अर्को अंग्रेजी दैनिक ‘द हिन्दु’ ले लेखेको छ।

    ‘द्विपक्षीय तथा क्षेत्रीय कनेक्टिभिटी र पारवहन व्यवस्था सधैं बिनाअवरोध सहज ढंगले सञ्चालन हुनुपर्छ,’ ओलीलाई उद्धृत गर्दै ‘द हिन्दु’ ले छापेको छ। भारत र चीन नीतिको निर्णय गर्न नेपाल स्वतन्त्र रहेकामा ओलीले विशेष जोड दिएको उक्त दैनिकले उल्लेख गरेको छ। भारतीय पत्रिकाहरूले प्रधानमन्त्री ओलीलाई ‘भारतले नेपालमा नाकाबन्दी लगाएको विषय बाहिर ल्याएर समाधानको पहल गर्ने व्यक्ति’ को संज्ञासमेत दिएका छन्।

    रेल र जलमार्ग विस्तारमा भएको समझदारीमार्फत नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गर्ने प्रयास गरिएको अर्को भारतीय अंग्रेजी दैनिक ‘हिन्दुस्तान टाइम्स’ ले लेखेको छ। चीनलाई जवाफ दिन पनि सत्तारोहणपछिको पहिलो विदेश भ्रमणमा निस्केका ओलीलाई भारतले रातो कार्पेट ओछ्याएर स्वागत गरेको उक्त दैनिकले उल्लेख गरेको छ। पत्रिकाले भारत भ्रमणका क्रममा ओलीले विश्वासमा आधारित सम्बन्धमा जोड दिएको बताएको छ।

    ‘छिमेकसँगको सम्बन्ध अरूसँग भन्दा फरक हुन्छ । समानता, न्याय, आपसी सम्मानजस्ता सिद्धान्त नै शान्तिपूर्ण छिमेकसँगको सहअस्तित्वपूर्ण सम्बन्धका आधार हुन्,’ ओलीलाई उद्धृत गर्दै ‘द हिन्दुस्तान टाइम्स’ ले लेखेको छ।

    अर्को अंग्रेजी दैनिक ‘टाइम्स अफ इन्डिया’ ले पनि पूर्वाधार विकासमा चीनको आक्रामक रणनीतिको जवाफमा भारतले हिमालयको देश नेपाललाई भारतीय रेल सञ्जालमा जोड्न भारतले अन्तरदेशीय रेलमार्ग र जलमार्ग निर्माणका लागि तत्परता देखाएको दाबी गरेको छ।

    जलमार्ग निर्माणले भूपरिवेष्ठित मुलुकलाई सिधै समुद्रसम्म पहुँच विस्तार हुने उक्त दैनिकको निष्कर्ष छ । जलमार्गसम्बन्धी पछिल्लो समझदारीबाट भारततर्फ बगेर गइरहेका नेपाली नदीमा रहेको जलविद्युत् ऊर्जाको सम्भावनाको सदुपयोग हुने र बाढीका कारण वातावरणीय तथा इकोलोजिकल प्रभावजस्ता समस्या सम्बोधन हुने विश्लेषण पनि पत्रिकाले गरेको छ।

    ओलीको भारत भ्रमणकै क्रममा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको शिलान्यास गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा स्थगन गरिएको थियो । यसलाई भारतीय प्रधानमन्त्री मोदीले निकट भविष्यमा हुने आफ्नो नेपाल भ्रमणका अवसरमा शिलान्यास गर्ने योजना बनेकाले स्थगन गरिएको विदेश सचिव गोखलेलाई उद्धृत गर्दै उक्त दैनिकले लेखेको छ। यसमा नेपाली टोलीले पनि मौन समर्थन गरेका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑