सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २५ । सलमान खान शनिवार जोधपुर अदालतबाट जमानतमा छुटेका छन् । २० बर्ष अघि कालो हरिण मारेको घट्नामा उनलाई अदालतले विहिवार ५ बर्षको सजाए सुनाएको थियो । सलमानले दुई रात त जेलमा पनि बिताउनु परेको थियो । यो दुई दिन जेलमा बस्दा उनलाई जति आर्थिक नोक्सानी भयो यो तपाईले अन्दाज पनि लगाउन सक्नु हुने छैन ।
फोर्ब्स म्यागजीन अनुसार सलमान खानको बार्षिक कमाई ४०० करोड बताएको छ । यो अनुसार दिनको १०४ लाख हुन्छ । यसरी हेर्ने हो भने सलमान खानलाई २ दिनमा कुल २०८ लाख यानी २ करोड ८ लाख घाटा भएको छ ।
यो बर्ष सलमान खानको ४ वटा फिल्म लाइनमा रहेका छन् । ‘रेस–३’, ‘दबंग–३’, ‘किक–२’ र ‘भारत’ जसमध्ये सलमानको रेस–३ फिल्मको मात्र सुटिङ सकिएको छ ।
टिप्स ईडस्ट्रिजले बनाउन लागेको यो फिल्म रेस सिरिजको तेस्रो फिल्म हो । रिपोर्ट अनुसार यो फिल्मको बजेट १५० करोड हो । यद्यपी फिल्मको शुटिङ सकिए पनि जमानतमा जेलबाट छुटेका सलमान अब यो फिल्मको पोष्ट प्रडक्शनमा लाग्ने बताइएको छ ।
‘भारत’ को शुटिङ पनि अगिल्लो महिनाबाट शुरु हुन गईरहेको थियो । जसलाई सलमानको बहिनि अतुल अग्निहोत्रीले बनाएकी हुन् । यो फिल्मको बजेट पनि १३० करोड भारु हो ।
‘दबंग–३’ को शुटिङ पनि चाडै नै शुरु हुदै छ जुन डिसेम्बरमा रिलिज गर्ने तयारी गरीएको थियो । अब सलमान यसको शुटिङमा लाग्ने बताइएको छ ।
सलमानको ‘किक–२’ आँउदो बर्ष क्रिसमशको मौकामा रिलिज हुने भएको छ ।
समग्रमा भन्ने हो भने सलमानको कारण फिल्म ईडष्ट्रिजलाई ५०० करोड भारु दाउमा लागेको थियो । सलमानलाई शनिवार जमानत मिलेसँगै सबैले राहत महसुश गरेका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा