सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र २३ । बुधबार सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि काभ्रेका यातायात व्यवसायीहरुले बिहीबारदेखि लागु हुने गरी भाडा दर घटाएका छन् ।
कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले मयुर यातायात विरुद्धमा बन्द गर्न थालेको भन्दै सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि सिण्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाटपछि हटेका थिए । काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजुले कडा प्रतिपर्धामा जाने उद्धेश्यले भाडा दर घटाएको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
यात्रुहरुका अनुसार बनेपा–काठमाडौँको रत्नपार्कसम्म ४५ रुपैयाँ, बनेपा–सूर्यबिनायक ३० रुपैयाँ गरी पहिला मनमरी भाडादर असुल गर्थे । पहिला बनेपाबाट भक्तपुर नलिचोकसम्म पनि काभ्रे मिनिबस सेवा समिति र काभ्रे बस व्यवसायी संघ अन्तरगत सञ्चालन हुने बसले बनेपा– भक्तपुर नलिचोकसम्म ३० रुपैयाँ लिने गरेको र विद्यार्थी परिचय पत्र देखाएर छुट माग्दासमेत नदिने गरेको सस्र्युङखर्क–१ तिमालका दीपेन्द्र पाण्डेले गुनासो गरे ।
सरकारको निर्णयपछि भाडादर घटाए, बनेपा–काठमाडौँ
आन्दोलनरत काभ्रेका यातायात व्यवसायीहरुले बिहीबारबाट भाडादर घटाएर यातायात सेवा सुरु गरे । सरकारले अस्थायी रुट परमिट खुल्ला गरेपछि स्विकृति लिएर एकै दिनमा चार यातायातल व्यवसायीले काठमाडौँदेखि सस्तो भाडादरमा यात्रु ओर्सान थालिसकेका छन् ।
काभ्रेका यातायात व्यवसायीहरुले भाडा दर घटाएर बनेपा–काठमाण्डौँ रुटमा पुनः यातायात सेवा सुचारु गर्न थालेका हुन् । समितिका अध्यक्ष सैजुका अनुसार अहिले बनेपा–काठमाडौँ रत्नपार्कसम्म ४० रुपैयाँ, बनेपा–कोटेश्वर ३५ रुपैयाँ र बनेपा–सूर्यविनायक ३० रुपैयाँ भाडा लिन थालेका छन् ।
मयुरलाई अवरोध, साझालाई अबिरजात्रा !
कोटेश्वरपूर्वका १३ वटा यातायात समितिले बिहीबारबाट यातायात सेवा सुचारु गरेका छन् । सरकारले अन्य कम्पनीलाई पनि धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुट इजाजत दिएपछि यातायात व्यवसायीले धुलिखेलबाट बनेपा हुँदै गाडी चलाउन थालेका हुन् ।
मयुर, सिटी मेट्रो र साझा यातायातमा मात्रै बढी यात्रुहरु चढ्न थालेपछि काठमाडौँ जाने यात्रुहरुलाई तानतानसमेत गर्न थालेका छन् । बनेपाबाट काठमाडौँ मेन पावरमा काम बिशेषले हिँडेका बनेपाका रमेश श्रेष्ठले आक्रोश पोख्दै भने,‘गाडी बन्द गरेर सास्ती खेप्नु परेको कहाँ बिर्सन सकिन्छ र ? यात्रुहरुको इच्छाले चढ्छन्, गाडीमा कसैले जर्बजस्तै गर्न पाउँदैन । जसले सेवा सुविधा बढी र भाडा कम लिन्छ त्यसैमा चढ्ने हो नी !’
त्यस्तै अन्दोलनरत गाडीहरुले मयुर यातायातलाई बनेपाको धनेश्वरमा छेकेर अवरोध पु¥याएका छन् । अवरोध पु¥याएको भन्दै इलाका प्रहरी कार्यालय बनेपाबाट खटाएको प्रहरीले पनौतीमा चल्ने काभ्रे बस व्यवसायी संघका ना ५ खा ४८३४ नम्बरको गाडी चालक र सह–चालकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।
बुधवार बन्दको क्रममा र बिहिवार यात्रु लिन काठमाडौँबाट पनौती पुगेका गाडी र चालकलाई स्थानीयले अबिरसहित फुलमाला लगाएर भव्य स्वागत गरेका छन् । मनपरी भाडा लिएर अजित भएका पनौतीबासीहरु अहिले साझाले सेवा दिन थालेपछि स्वागत गर्न थालेका छन् । साझा यातायातले पनौती र धुलिखेलबाट सेवा दिन थालेको छ । साझाका १०–१० वटा बस धुलिखेल र पनौतीबाट चल्न थालेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा