सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, चैत २२ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुन्द्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन्। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।
एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए। कोशी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पारवहन अधिकार उल्लेख भए पनि अझै कार्यान्वयनमा नआएको भन्दै प्रधानमन्त्रीले आसन्न भ्रमणमा कार्यान्वयनका लागि प्रमुखताका साथ उठाउने बताए।
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र समुन्द्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने बताउँदै आएका छन्। आफ्नो उक्त योजनालाई मूर्त रुप दिन भ्रमणमा मुख्य एजेन्डा बनाउने ओलीले स्थायी समितिमा बताए।
पटनासँग जोडिएको गंगा नदीमा नेपालको पानीजहाज सञ्चालन गरी कोशी, गण्डकी र कर्णाली नदी हुँदै सामुन्द्रीक मार्गबाट सामान आयात निर्यात गर्न सकिने चर्चा चल्दै आएको छ।
गंगा नदीबाट आफ्नै पानीजहाजमा सामान ल्याएर नेपालको सीमानामा जाेड्ने कुरा भ्रमणमा उठाउने कुरा जानकारी गराएको एमालेका एक नेताले बताए। कोशीमा स्टिमर बैठकमा ओलीले भारतसँग सामुन्द्रीक पहुँचको अधिाकासँगै भारतीय सीमासम्म कोशी नदीमा सानो पानीजहाज ‘स्टिमर’ चलाउने योजना पनि सुनाएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा