सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २० । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठको पशुपति आर्यघाटमा मंगलबार अन्त्येष्टि गरिएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित ६७ वर्षीय श्रेष्ठको सोमबार राति गोदावरीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो ।
उहाँको पार्थिव शरीरमा छोरा यमन श्रेष्ठले दागबत्ती दिनुभएको थियो । उनको अन्त्येष्टि कार्यक्रममा श्रदाञ्जली दिन चलचित्रकर्मी, कलाकारसहित विभिन्न पेसाका मानिसहरुको बाक्लो सहभागीता थियो।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी यशोदा सुवेदी र मदनकृष्ण श्रेष्ठबिच ३५ बर्ष अघि अन्तरजातीय प्रेम विवाह भएको थियो । श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा