सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, चैत्र २० । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर महानगरपालीकाको हाता भित्र आफनो एक्सटेन्सन काउन्टर शुरु गरेको छ ।
आज एक कार्यक्रमका विच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जन तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा गरेका छन् ।
समारोहमा जिल्लाका उच्चपदस्थ कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
फाईनान्स का अध्यक्ष किशोर महर्जनले उक्त काउन्टरबाट प्रदान गरीने वित्तीय सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।
फाइनान्सले उक्त काउन्टरबाट आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका दस्तुर संकलन, निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सेवा सुविधाहरु उपलब्ध गराउने छ ।
पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको फाइनान्सले शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर गरि ५ स्थानबाट आफनो ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दे आइरहेको छ भने निकट भविष्यमा नै शाखा तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने योजनामा रहेको कम्पनि सचिव तथा प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा