• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

      भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

      मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

      धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    होमपेज / समाज

    वसन्त ऋतु शुरु भएसँगै ठूलो संख्यामा आरोही धमाधम हिमालतिर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २०, मंगलबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, चैत २० । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।

    पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ ।

    आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताउनुभयो । हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उहाँको भनाइ छ ।

    आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण शुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह आउन अझै केही दिन लाग्ने भएको छ । विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

    सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए । यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो ।

    सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ । सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति ९विदेशी० सँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् ।

    ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक रु ३० लाखभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् । सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा पाँच वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष छ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताउनुभयो ।

    आरोहणमा कडाइ  : विगतमा सगरमाथा आरोहणमा फर्जी कागजात पेश गरेकोजस्ता विवादास्पद गतिविधि बढेपछि विभागले सगरमाथा सहितका हिमाल आरोहणलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जिम्मेबार बनाउन यसवर्षदेखि कडाइ गर्ने भएको छ ।

    पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका महानिर्देशक भट्टराईले आफैँ जानकारी गराउन थाल्नु भएको छ । पहिला विभागका उपसचिवबाट यस्तो जानकारी गराइन्थ्यो । महानिर्देशक भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताउनुभयो ।

    समाचारका लागि विभागको अनुमति : सगरमाथासहितका हिमाल आरोहणसम्बन्धी समाचार पनि विभागको अनुमतिबेगर प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ । विगतमा आरोही दलका सदस्य तथा आरोही पथप्रदर्शकले आफैँ सञ्चार माध्यमलाई अनर्गलरूपले जानकारी गराउँदा विकृति आएकाले यो यामदेखि पहिला विभागमा जानकारी गराउनुपर्ने र विभागको अनुमतिपछि मात्र सञ्चारमाध्यमलाई जानकारी गराउन बाटो खुल्ला गरेको हो ।

    सम्पर्क अधिकृतसँगै नजाने र एजेन्सीबीच समन्वय नहुने प्रवृत्ति बढेको भन्दै विभागले यस्तो गरेको पाइए कडा कारवाही गरिने जनाएको छ । आरोहणमा जाँदा ड्रोन क्यामरा प्रयोगमा कडाइ गर्नुका साथै आरोहणमा जानेले प्रतिआरोही कम्तीमा छ वटा अक्सिजन सिलिन्डर लैजानुपर्ने व्यवस्था गरिएको छ ।

    फोहर व्यस्थापन र सगरमाथाको चुचुरोमा लैजाने झण्डालाई कडाइ गरिएको छ । हेलिकोप्टरको प्रयोग उद्धारमा मात्र गरिनुपर्ने र क्याम्पको नजिक अवतरण गर्न नदिन एजेन्सीलाई जिम्मेवार बनाइनेछ । उल्लिखित काममा अटेर गरेमा आरोहण प्रमाणपत्र जारी नहुने, आरोहीले राखेको फोहर धरौटी फिर्ता नहुने तथा आरोहण राजस्वको दोब्बर रकम तिर्नुपर्ने र जरिवानासहित नेपालमा आउन पाँचदेखि १० वर्ष प्रतिबन्ध लगाइने कानूनी व्यवस्था छ । सिवी अधिकारी, रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    आज भदौ १२ गते शनिबार कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

    साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

    मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑