सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, फागुन १२ । प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगर भएको छ । अस्थायी राजधानी सुर्खेतमा शनिबार बसेको प्रदेशसभा बैठकले
अध्याधिक मत सहित प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने जिम्मेवारी प्रदेशसभालाई दिइएअनुसार प्रदेश ६ ले ‘कर्णाली’ र राजधानी सुर्खेतको विरेन्द्रनगर नाम राखेको हो ।
बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश नाम ‘कर्णाली’ राख्न प्रस्ताव गर्नुभयो भने विपक्षी दल नेपाली कांग्रेसका का नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउ प्रस्ताव राख्नुभएको थियो । ति दुवै प्रस्तावलाई प्रदेशसभाले पारित गरेको हो ।
यो प्रदेशमा ४० जना सांसद रहेकोमा एक जनाले राजीनामा दिएपछि अहिले ३९ जना सांसद रहेका छन ।
३९ जनामध्ये ३७ जनाले प्रदेशको नाम कर्णाली प्रदेशमा मतदान गरेका थिए भने सुर्खेतको वीरेन्द्रनगर स्थायी राजधानीमा ३६ जनाले मतदान गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा