सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी बेनी, फागुन ४। नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा अपांग संघ, म्याग्दीद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत तीनकोठे भवन निर्माण भएको हो । प्लान इन्टरनेशनलको रु ५५ लाख ६२ हजार १८ सहयोग र समुदायको रु दुई लाख पाँच हजार ७९३ बराबरको श्रमदानमा भवन निर्माण भएको संघका सचिव सुरेन्द्र खत्रीले बताए ।
छात्रछात्राका लागि छुट्टाछुट्टै एक–एकवटा आवास कोठा, एकवटा किचन, एट्याच बाथरुम, अपांगतामैत्री ¥याम्प सहितको एकतले भवन निर्माणका लागि शेर्पा कन्सट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । गत भदौदेखि शुरु भएको भवन निर्माण कार्य माघ महिनामा पूरा भएको हो । बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकाको आवासीय सुविधाका लागि निर्माण भएको भवनको क्षमता ३० जनाको छ ।
विसं २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना बौद्धिक अपांगता भएका बालबालिका अध्ययनरत रहेका प्रधानाध्यापक भक्त कार्कीले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा