सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २८ । आइतबार पश्चिमको एक दुई ठाउँमा हल्का पानी पार्ने पश्चिमी वायु रातिसम्ममा देशभरि नै फैलने भएकाले भोलि र पर्सि धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि र पर्सि उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात पनि हुनेछ । बुधबारदेखि भने मौसममा सुधार हुने उहाँको अनुमान छ ।
गएराति पश्चिममा प्रवेश गरेको पश्चिमी वायु आइतबार रातिसम्ममा देशभरि नै फैलिएर भोलिदेखि पानी पर्ने अनुमान गरिएको मौसमविद् श्रेष्ठको भनाई छ ।उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात हुने भएकाले सतर्कता अपनाउन पर्वतारोहीलाई उहाँको सुझाव छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा