सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनमा चोरीको अनौठो घटना प्रकाशमा आएको छ । चोरले जिआङ्गसू प्रान्तमा ८ सय मिटर सडक नै रातारात भत्काएर चोरी गरेको हो ।
झु नाम गरेका एक व्यक्तिले यसरी सडक चोरी गरेका हुन् । उनले सडक भत्काएर निकालेको कंक्रिट र अन्य सामाग्री एउटा उद्योगलाई बेचेको चाइना न्यूज सर्भिसमा प्रकाशित विवरणमा उल्लेख छ ।
८०० मिटर सडकबाट उनले करिब ५०० टन कंक्रिट निकालेका थिए । उनले कंक्रिट ५००० युआनमा बेचेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । चिनियाँ सामाजिक संजालमा यो घटनाका बारेमा हजारौंले प्रतिक्रिया व्यक्त गरेका छन् । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा