सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ६। पार्टी एकता र प्रदेश सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार पनि भेटवार्ता हुदैँछ । ओली निवास भक्तपुरको बालकोटमा दिउँसो ४ बजे हुन लागेको भेटवार्तामा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको तयारी, प्रदेश सरकार गठनका विषयमा छलफल हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
यसअघि शुक्रबार दुई शीर्ष नेताबीचको भेटवार्तामा राष्ट्रियसभाको गठन, प्रदेश सरकार र पार्टी एकताबारे छलफल भएको थियो । शुक्रबार भएको दुई नेताको भेटले भोलि एकता संयोजक समितिको बैठक बोलाउने निर्णय पनि गरेको थियो । एमाले र माओवादीले नयाँ सरकार गठन अघि नै पार्टी एकता प्रक्रियालाई टुंगोमा पु¥याउने तयारी गरिरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा