सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आँखामा आनो आउने समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यसो हुँदा आँखाको परेलामाथि वा तल रातो रंगको दाना निस्कन्छ । यो समस्या हेर्दा सानो देखिएपनि यसले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याइदिन्छ र अन्ततोगत्वा आँखालाई हानि पु–याउँछ । केही मानिसलाई सानो समस्या भनेर बेवास्ता गर्छन् तर त्यसो गर्नु हुँदैन । समयमै यसको उपचार गर्नुपर्छ । आनोको समस्या हटाउनका लागि हामीहरू केही घरेलु उपाय बताउँदैछौं ।
आँखामा आनोको लक्षण :
इमलीका बिउ : इमलीको बिउलाई दुई दिनसम्म पानीमा भिजाउनुस् । अनि त्यसलाई चन्दनजसरी आनोमा लेप्नुस् । आनो दुई दिनमै ठीक हुन्छ ।
बेसार : पानी तताएर त्यसमा अलिकति बेसार हाल्नुस् । त्यसलाई कपडामा भिजाएर आँखा सेक्नुस् । दिनमा तीनचारचोटि यसो गर्दा समस्या समाधान हुन्छ ।
अम्बाका पात : अम्बाका चारवटा पातलाई पानीमा मज्जाले उमाल्नुस् । त्यसपछि त्यो पानीलाई मनतातो बनाएर आँखा सेक्नुस् । दिनमा दुईतीनचोटि सेक्दा आराम पाउनुहुनेछ ।
घिउकुमारी : घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस् । यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ ।
त्रिफला चूर्ण : आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस् । यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा