सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एकपटक सोच्नुहोस कि तपाई चश्मा लगाएर घुम्न निस्केको बखत भिडियो रेकर्ड भई फेसबुक प्रोफाइलमा अपलोड भयो भने । यसअघि यो तपाईको कल्पनामा मात्र थियो तर अहिले यो अहिलो हाम्रो आम जिवनमा पनि साँचो सावित भएको छ । बजारमा अहिले यस्तो सन ग्लास आएको छ कि यसले भिडियो पनि खिच्छ र फेसबुकमा अपलोड पनि गर्न सक्छ ।
एक्सन नामको कम्पनिले बनाएको यो सन ग्लासको नाम हो ACE Eyewear । यो चश्माबाट तपाईले फेसबुक, युट्युब, ईस्टाग्राममा भिडियो तथा फोटो शेयर पनि गर्न सक्नु हुनेछ ।
यो सन ग्लासमा ८ मेगा पिक्सलको क्यामेरा जडान गरिएको छ र एचडि फरम्याटमा भिडियो रेकर्ड गर्छ । चश्माको दायाँ साइडको माथिल्लो भागमा रेकडिङ अन गर्ने बटम पनि राखिएको छ । कम्पनिले बताए अनुसार यसमा भएको ब्याट्रिले साडे एक घण्टासम्म रेकडिङ पनि गर्न सक्छ । जसमा ४ जिवि स्टोरेज छ भने यो वाटरप्रुफ हो । यसको मुल्य हाललाई ९९ डलर अर्थात नेपाली करिब १० हजार तोकीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा