सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तियानजीङ । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । उनीहरू मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ । र्चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरूको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा सहभागी मध्ये झण्डै ५६ प्रतिशतले चीनको इन्टरनेट वातावरण धेरै राम्रो र सुरक्षित रहेको बताएका थिए । साथै ३२.८ प्रतिशतले इन्टरनेट सुरक्षाका बारेमा ‘सामान्यतया ठिकै’ भन्ने जवाफ दिएका छन् ।
सर्वेक्षणकर्ताहरूले जनाएअनुसार इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ४० प्रतिशतले ठूला साइबर आक्रमण हुन्छन् कि भनेर सधै सतर्क भइरहने बताएका छन् ।
झण्डै २६ उपभोक्ताले भने त्यस्ता साइबर आक्रमणले आफुहरूलाई कुनै असर नपर्ने सोचेका रहेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा