सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ७ । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो ।
आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावाँ २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।
बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा