सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २८ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेकी छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुसँग राष्ट्रपति भण्डारीले छलफल गरेकी हुन् ।
त्यसक्रममा निर्वाचन आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद विस्तार आचारसंहिताविपरीत भएपनि नयाँ घटना नभएको बताएका थिए । राष्ट्रपतिसँगको भेटवार्तापछि प्रमुख निर्वाचन आयुक्त डा. यादवले मन्त्रिहरुको शपथ गराउने या नगराउने भन्ने विषयमा आयोगले कुनै निर्णय गर्न नसक्ने बताए ।
उनले यस विषयमा स्वयं राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताए । निर्वाचनलाई प्रतिकूल प्रभाव नपरोस् भन्ने आयोगको चाहना रहेको उनको भनाइ थियो । राष्ट्रपतिसँगको भेटवार्तामा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारीलगायतका विषयमासमेत जानकारी गराएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा