सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १५ असोज । देशभरका नेपाली हिन्दूहरु अहिले बडादशैं अन्तर्गत नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाएर मान्यजनबाट आशिष लिन व्यस्त छन् । आज पनि आफन्तको घरमा गई आफू भन्दा ठूलाका हातबाट टीका थाप्न जानेको विहानैदेखि भिडभाड छ ।
एकै दिन टिका लगाउन नभ्याउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ भने केहि क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ । परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन पनि छ ।
दसैंका बेलामा सार्वजनिक गाडी धेरै नचेलेकाले हिँडेरै भए पनि आफन्तकोमा टीका थाप्न विहानैदेखि हिडेका छन् । फूलपाती पछि केही सुनसुना जस्तै बनेको काठमाडौंमा हिजो दसैंको टीकादेखि चहलपहल बढेको छ । हिजो टीका लगाएकाहरु अब विस्तारै काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ । हिजो दसैँ मान्यजनबाट टीका, जमरा लगाएर हर्षोल्लासका साथ मनाइएको छ ।
हिजो टीका लगाउन छुटेकाहरुले दसैको पूर्णिमासम्मनै आफन्त र मान्यजनको हातबाट टिका लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा