सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ११ । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने स्पष्ट पारेका छन ।
बुधबार काठमाडौमा आयोजित साक्षात्कारमा उनले बुढीगण्डकीको काम कुनैपनि हालतमा नरोकिने स्पष्ट पारेका हुन । बुढीगण्डकीको बारेमा अदालतले हेरिरहेकोले हतारिएर संसदीय समितिले निर्णय गर्नु आफैमा गलत भएको आरोप लगाउनुभयो । ‘अदालतले निर्णय दिनुपर्दथ्यो, ढिला भयो तर अदालतमा विचाराधिन रहेको विषयमा समितिले हतार–हतार निर्णय गर्नु राम्रो होईन’ उहाँले भन्नुभयो ।
मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘समितिले कुनै पनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो ।’ यद्धपी उहाँले बुढीगण्डकी नेपाल आफैले निर्माण गर्न नसक्ने बताउनुभयो ।
उनले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो पोख्दै एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको बताए ।
उनले विद्युत सेवा सम्बन्धी केही प्राविधिक तथा प्रशासनिक समस्याहरु आए ती समस्याहरु हल गर्नको लागि मन्त्रालयले अहिले हेल्प डेस्क अन्र्तगर्त हट लाईन सेवा सुरु गरेको जानकारी पनि दिए ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा