सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा