सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१ । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धनराजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले पनि समर्थन जनाएका छन् । मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीको अध्यक्षतामा आज परासीमा बसेको मोर्चाको बैठकमा समाजबादी फोरम , लोकतान्त्रिक फोरम र नँया शक्तिले समर्थन जनाएका हुन् ।
यि तिन दलहरुलाई राजपाको आन्दोलनमासमर्थन नजनाउन केन्द्रिय निर्देशन रहेपनि मधेसका मांग सम्बोधन गराउन मधेसबादी दलहरु जिल्लमा एकताबद्ध रहेकाले जिल्ला स्थित नेताहरुले नवलपरासीको आन्दोलनलाई समर्थन गरेका हुन् । यस अघिपनि ति दलका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले संंयुक्त लोकतान्त्रिक मधेसी थरुहट मधेसी मोर्चा सँगै आन्दोनलमा होमिएका थिए। आजको बैठकवाट मोर्चाका नेताहरुलेराजपा नेपाल , संघिय समाजबादी फोरम ,नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति पार्टि नेपालको जिल्लामा मोर्चा बनाएर नै आन्दोलन गर्ने औपचारीक निर्णय गरेका छन् ।
राजपा र अन्य तिन दलका जिल्ला स्थितकेन्द्रिय सदस्य , जिल्ला अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको उपस्थितमा आज परासीमा गरेको बैठकमापरासी क्षेत्रका पाँचवटै स्थानीय तहमा आन्दोलन चर्काउनका लागि १ सय १सदस्सीय आन्दोलन समिति गठन गरीएको राजपाका प्रवक्ता राधेरमण पाण्डेले जानकारी दिनुभयो । सरकारले राजपालाई बहिष्कार गरी असार २ गते मनोयन दर्ता गराउन पर्यत्न गरे राजपाको गठित समितिले मनोयन बिथोल्नका लागि आन्दोलन गर्नेछ । जस अन्तर्गत रामग्राम नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शुबास गिरीको संयोक्जत्वमा समिति गठन गरीएको छ ।
यस्तै पाल्हीनन्दनको संयोजकमा मुकर्जि गिरी , सरावल गाँउपालिकामा राधेश्याम चौधरी , प्रतापपुर गाँउपालिकामा रामपृत यादव र सुस्तागाँउपालिकामा प्रेमचन्द्र गुप्ताको संयोक्जत्वमा आन्दोलन समिति गठन गरीएको छ । समितिहरुमा जिल्ला स्तरका नेता र सम्बन्धित स्थानीय तहका अगुवा कार्यकर्ताहरु रहेका छन् ।
यस्तै बैठकले मधेसबादी दलको मांग सम्बोधन नभएसम्म ति स्थानीय तहहरुमा असार २ गते उमेदवारहरुलाइ मनोयन दर्ता नगराउन र चुनावको प्रचार प्रसार रोक्नलाई मोर्चाले आग्रह समेत गरेको छ भने बन्द हडतालमा मोटरसाईकल चलाउन छुट दिईएपनि अब मोटरसाईकल चलाउदा कालो झण्डा बाधेर चलाउनु पर्ने मोर्चालेसर्वसाधरणलाई जानकारी गराएको छ । राजपाले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि सदरमुकाम परासी सहित दक्षिणि क्षेत्रको जनजिवन प्रभावित बनेको छ । आजपनि मधेसबादी दलका नेता तथा समर्थकहरुले बिभिन्नठाँउहरुमा टायर बालेर नारबाजी गर्दै प्रदर्शन गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा