सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२४ जेठ, काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा माओवादी केन्द्रले छानेका मन्त्रीहरुको प्रशंसा गरेका छन्।
केही समययता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका भट्टराईले यस पटक माओवादी केन्द्रले मन्त्रीहरु राम्रोसँग चयन गरेको भन्दै प्रशंसा गरेका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै माओवादीबाट चयन भएका मन्त्रीलाई बधाई समेत दिएका छन् ।उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरु जनार्दन शर्मा र प्रभु साहलाई बधाई तथा शुभकामना दिएका हुन्। साथै नेपाली कांग्रेसका मन्त्रीहरुलाई पनि वधाई र शुभकामना दिएका छन्।
यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ! महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना! साथै नेकाका मन्त्रीहरूलाई पनि!
— Baburam Bhattarai (@brb1954) June 7, 2017
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा