सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३ , काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले केहीबेरअघि गरेको सम्बोधनको जवाफ दिँदै उनले बढी दम्भ देखाएको भन्दै नदेखाउन आग्रह गरेका हुन् । “भरतपुरमा मतपत्र च्यात्ने काम गलत र दुःखद छ,” दाहालले भने, “मैले च्यातियो भनेर सुनेपछि नै गलत भयो भनेर भनेको छु । निर्वाचन आयोगलाई बोलाएर जे ठिक लाग्छ त्यही गर्नुस् भनेर मैले भनेको छु ।”
मैले राति दुई बजे उहाँलाई बोलाएर मतपेटिका जलाउने र देशभरि निस्क भन्नुको अर्थ गलत हुन्छ भनेर ठूलो बहस गरेर ३ बजे राति मतदान केन्द्र छाडेर निस्कन मिल्छ तर जलाउन मिल्दैन भन्न बाध्य भएँ ।” उनले आफ्नो लोकतान्त्रिकरणप्रति प्रश्न नगर्न पनि चेतावनी दिए ।
“नेतृत्वले आँट नगरेको भए सेना समायोजन हुन्थ्यो ? कति प्रमाण चाहियो ? लोकतन्त्रको प्रतिवद्धताप्रतिको ? तपाइँको इतिहास हेर्दा कतिवर्ष लाग्यो लोकतान्त्रिकरण हुन ? इतिहास त सबैले हेरेकै छन् । न्यायालयका विरुद्ध के के भएका थिए भन्ने कुरा पनि छ ।”
उनले भरतपुरको कुरा अनावश्यक रुपले उठाएको बताए ।
“केपीजी भन्नुस् सबै कुरा भन्नुस् । अब बाँकी के छ त्यो पनि भन्नुस् । म सबै कुरा सामना गर्न तयार छु । मसँग बालुवाटारमा हुने सचिवहरुलाई राम्रोसँग थाहा छ । तपाइँलाई भन्न त के लाज भयो र गर्नेलाई हुने हो नि लाज ? मैले निर्वाचन आयोगलाई हस्तक्षेप गर्न मिलेन । तर केपीजी बाँकी कुरा छन् भने सबै भन्नुस्, तपाईँलाई त के लाज भयो र ? गर्नेलाई हो नि लाज लाग्ने त ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा