सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर , १२ वैशाख । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यही बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद एक लाख रुपैयाँ सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको हो । ‘हामीले सधै महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छौं, त्यो अनुसार बिरामी नानीलाई सहयोग गरेका हौं,’ महतले भने ।
औद्योगीक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा