सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १८, काठमाडौं । साताको अन्तिम दिन रातो बत्ती बल्नाले करिब ६५ करोड रुपैयाँको कारोवारमा सिमित भएको छ। ३ दशमलव ८ अंकले नेप्से ओर्लिएर १६ सय ४ अंकमा झरेको छ। १ सय ४७ कम्पनीको ६४ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
बिहिबार १४७ कम्पनीको ११ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ६४ करोड ४९ लाख रुपैंयाँको कारोबार भएको छ । यो हिजोभन्दा झण्डै ३.५ करोडले कम हो ।
जलविद्युत ७ र उत्पादन समूह् १९ अंकले घट्यो। बैंकिङ १.७, होटल २५, विकास बैंक ९.९, फाइनान्स ३.८, बिमा १० र अन्य समूह ८.९ अंकले घट्यो।
बुधबार सबैभन्दा बढि कारोबार एसियन लाइफको प्रमोटर सेयरको ६ करोड २३ लाख रुपैंयाँको भएको छ । यसैगरी स्ट्यान्र्डड चार्टड बैंकको ३ करोड ४८ लाख रुपैंयाँको कारोबार भएको छ । गुराँस लाइफको २ करोड ८४ लाख रुपैंयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २ करोड ४७ लाख रुपैंयाँ र बैंक अफ काठमाण्डौंको २ करोड ४३ लाख रुपैंयाँको कारोबार भएको छ ।
युनाइटेड मोदीको सेयर मूल्य सबैभन्दा उच्च ९.९ प्रतिशतले बढेयो भने कम्पनीको सेयर बजारमा हालै सूचीकृत भई न्यून मूल्य कायम भएकाले बिक्रीकर्ता नहुँदा मूल्य उच्च दरले बढेको हो ।
साथै कर्णाली बिकास बैंकका लगानीकर्ताले ८.७१ प्रतिशत र रिलायन्स फाइनान्सका लगानीकर्ताले ८.०२ प्रतिशतले कमाएका छन् । गुमाउनेमा श्री इन्भेष्टमेन्ट फाइनान्स र पूर्णिमा विकास बैंकका लगानीकर्ता अगाडि देखिए । ति कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा