सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , बैशाख ११। नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्टइन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्टइन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो ।
आइसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्टइन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवि खेलाडीहरुलाई मौका दिएको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् ।
रोस्टन चेसले ए टिमको पहिलो पटक कप्तानको जिम्मेवारी सम्हाल्नेछन् । चेसले सन् २०२१ मा टी २० आइमा डेब्यु गरेका थिए । बंगलादेशविरुद्धको खेल उत्कृष्ट रहेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा