सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एपी, जेरुसेलम। इजरायली सेनाले गाजा पट्टीमा आक्रमण जारी राखेको छ । इजिप्टको सीमावर्ती सहर रफाहमा शनिबार–आइतबार राति इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ बालबालिका रहेका छन् । त्यसको एक दिनअघि इजरायली कारबाहीमा दुई महिला र ६ बालबालिकासहित नौ जनाको रफाहमा मृत्यु भएको थियो । गाजाका विभिन्न क्षेत्रका करिब १४ लाख मानिसले रफाहमा शरण लिएका छन् ।
हमास र इस्लामिक जिहादीहरू रफाहमा लुके
इजरायलले रफाहमा हमास र इस्लामिक जिहाद लडाकुहरू लुकेको आशंकामा करिब डेढ महिनादेखि त्यहाँ भूमिगत सैन्य कारबाही गर्ने योजना बनाएको छ। तर ठूलो रक्तपातको डरले अमेरिका, युरोपेली देश र राष्ट्रसंघले इजरायललाई यो कारबाही गर्नबाट रोकेका थिए। तर अप्रिल १४ मा इरानले इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले इजरायली सेनालाई ठूलो प्रतिकारात्मक आक्रमण गर्नबाट रोक्न रफाहमा कारबाहीका लागि केही छुट दिने कुरा गरेको छ ।
इजरायलले रफाहमा हवाई आक्रमणलाई तीव्र
अमेरिकाको ग्रिन सिग्नलपछि मात्र इजरायलले रफाहमा हवाई आक्रमणलाई तीव्र पारेको मानिन्छ । यसअघि इजरायली विमानले बेलाबेलामा आक्रमण गर्न रफाहतिर फर्केका थिए। राफाहमा भएका दुईवटा पछिल्ला आक्रमणहरूमध्ये एउटाले एक परिवारका दुई महिला र १७ बालबालिकाको ज्यान लियो, जबकि अर्कोले एक पुरुष, एक महिला र उनीहरूका तीन वर्षीय बालकको हत्या गरेको थियो।
हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिए
अक्टोबर ७, २०२३ देखि गाजामा जारी इजरायली कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । अमेरिकी संसदको प्रतिनिधि सभाले शनिबार इजरायललाई धेरै प्रकारका हतियार र गोलाबारुदसहित २६ अर्ब डलर सहयोग गर्ने प्रस्ताव पारित गरेको छ । यस रकममध्ये गाजाले मानवीय सहायताका लागि नौ अर्ब डलर पाउनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा