सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग कार ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ । दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २-४५ बजे भएको थियो ।
भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका प्रहरी उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
दुर्घटनामा एक जना गम्भिर घाईते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा